✊ एकताबाट शक्ति, संगठनबाट अधिकार!
✊ एकताबाट शक्ति, संगठनबाट अधिकार!
प्रश्न १: “एकताबाट शक्ति” भन्नुको अर्थ के हो?
उत्तर: व्यक्तिगत रूपमा श्रमिकको आवाज सानो हुन्छ, तर सबै एकजुट भएर बोल्दा ठूलो शक्ति बन्छ। यही एकताले श्रमिकलाई अधिकार दिलाउँछ र न्यायको बाटो खोल्छ।
प्रश्न २: संगठन किन चाहिन्छ?
उत्तर: संगठनले श्रमिकलाई एउटै छातामुनि ल्याएर सामूहिक आवाज बनाउँछ। यसले अधिकार सुरक्षित गर्न, सरकारी योजना लिन, र समस्या समाधान गर्न सहयोग गर्छ।
प्रश्न ३: “संगठनबाट अधिकार” भन्नुको अर्थ के हो?
उत्तर: जब श्रमिकहरू संगठनमा जोडिन्छन्, तब उनीहरूको आवाज सरकार वा मालिकसम्म बलियोसँग पुग्छ। यसरी मात्र श्रमिकले आफ्नो हक र अधिकार सुनिश्चित गर्न सक्छ।
प्रश्न ४: श्रमिकका लागि संगठनले के-के सुविधा दिन्छ?
उत्तर:
सरकारी योजना (बीमा, स्वास्थ्य, पेंशन) मा पहुँच
स्वास्थ्य उपचार तथा सहयोग
कानुनी सहायता र श्रमिक हकका लागि संघर्ष
सदस्यता प्रमाणपत्र
प्रश्न ५: HULWA (Hill Unorganized Labour Welfare Association) मा किन सदस्य बन्नु पर्छ?
उत्तर: HULWA मा सदस्य बनेर तपाईंको विवरण सुरक्षित हुन्छ, अधिकारका लागि सामूहिक आवाजमा सहभागी हुन सकिन्छ, र जीवनभर उपयोगी हुने सुविधा पाउन सकिन्छ
प्रश्न ६: सदस्यता दर्ता गर्दा कुन कुरामा ध्यान दिनुपर्छ?
उत्तर:
आफ्नो विवरण ठीकसँग भर्नुहोस्।
गल्ती नभएको सुनिश्चित गर्न पुनः जाँच गर्नुहोस्।
जानकारी केवल HULWA भित्र सुरक्षित रहन्छ भन्ने विश्वास राख्न सक्नुहुन्छ।
हुल्वा कोर टिमको GTA का प्रमुख सल्लाहकार श्री अमर लामासँग बैठक।
मिति: १७ अगस्ट
सहभागी:
HULWA (Hill Unorganized Labour Welfare Association) को कोर टिम
GTA (Gorkhaland Territorial Administration) का प्रमुख सल्लाहकार श्री अमर लामा
बैठक स्थल
यो बैठक उहाँको लालकोठी स्थित कार्यालयमा सम्पन्न भएको हो।
दार्जिलिङ श्रमिकहरूले सामना गरिरहेका मुख्य समस्याहरू र तिनको समाधानबारे छलफल।
न्यून ज्याला र समयमा ज्याला नपाउने अवस्था।
स्वास्थ्य सुविधा र सामाजिक सुरक्षा अभाव।
असंगठित क्षेत्रका श्रमिकहरूको आधिकारिक मान्यता नपाउनु।
सरकारी योजना र सुविधाबारे जानकारी नहुँदा श्रमिकहरू वञ्चित हुनु।
HULWA अन्तर्गत श्रमिकहरूको संगठनात्मक संरचना सुदृढ गर्ने।
GTA को सहयोगमा स्वास्थ्य शिविर र बीमा सुविधा उपलब्ध गराउने।
श्रमिक हक–अधिकार लागू गर्न राज्य तथा केन्द्र सरकारसँग समन्वय गर्ने।
श्रमिकहरूको लागि पहिचानपत्र र सदस्यता प्रमाणपत्र सुनिश्चित गर्ने।
श्री अमर लामाले दार्जिलिङ श्रमिकहरूको मागलाई GTA नेतृत्वसम्म पुर्याउने आश्वासन दिनुभयो।
नीतिगत सहयोगका लागि पहल गर्ने र HULWA सँग निरन्तर समन्वय गर्ने वाचा गर्नुभयो।
प्रभावकारी अनुगमनका लागि GTA अधिकारीहरूसँग HULWA को नियमित बैठकलाई प्रोत्साहन गर्नुभयो।
HULWA ले दार्जिलिङ श्रमिकहरूको तत्काल समस्या समेटिएको विस्तृत ज्ञापनपत्र तयार गर्ने।
GTA कार्यालयले सरकारी योजना र सुविधा श्रमिकसम्म पुर्याउन सहयोग गर्ने।
प्रगति मूल्याङ्कनका लागि पुनः बैठक तय गर्ने।
यी तस्वीरहरू श्री अमर लामासँग भएको बैठकका क्रममा लिइएका हुन्। उहाँ GTA का प्रमुख सल्लाहकार हुनुहुन्छ। यो बैठक उहाँको लाल कोठी स्थित कार्यालयमा सम्पन्न भएको हो।
17.08.2025- बैठकमा structural परिवर्तनको समीक्षा गरियो र sector बैठकको योजना बनाइयो।”